टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।


टोकियो एक्वेटिक सेन्टरमा बुधवार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

May be an image of text that says "2 3 NGR MNE NEPB GUM SWIMMING WOMEN's 100M FREESTYLE RESULT -HEAT ABIOLA OGUNBANWO ANDELA ANTUNOVIC GAURIKA SINGH MINERI KUROTORI GOMEZ 29.28 3 28.87 28.63 30.44 FINISH 59.74 1:00.01 1:00.11 1:04.00 4"


५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औँ फिफा विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । 

May be an image of 3 people and people standing


राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिइनन् । यस प्रतिस्पर्धामा रहेका ५२ खेलाडीमध्ये गौरिका ५१ औँ स्थानमा रहिन् ।


१८ वर्षिया गौरिकाको ओलम्पिकमा यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् । गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ । 


मङ्गलवार एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए । हिट चरणमा एलेक्सले ५३.४१ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । –रासस


ताजा खबर