नर्भिक हस्पिटलमा प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा

कम्पनी लिमिटेडमा रूपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । 

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आउने शनिवारदेखि नै यो अभियानको थालनी हुने बताउनुभयो  । प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालका सिइओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरूलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई भरपुर फाइदा लिन आग्रह गर्नुभएको छ । –रासस


ताजा खबर