थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २ हजार २ सय ३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 


आज पिसिआर परीक्षणबाट १ हजार ५ सय ३९ जना तथा एन्टिजेन परीक्षणबाट ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


आज १० हजार ५ सय ६९ नमुनाको पिसिआर तथा ३ हजार २ सय ६५ नमुनाको एन्टिजेन परीक्षण गरिएको छ । 


यसैगरी कोरोनाका कारण आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या ९ हजार ७ सय १३ पुगेको छ । 


यस्तै आज थप २ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणमुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर