यूथफोर्स भ्याली कमाण्डरमा पुष्पराज श्रेष्ठ

केपी ओली नेतृत्वको एमालेले हालसालै ब्युँताएको युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजित एक कार्यक्रमका बीच महासचिव ईश्वर पोखरेलले कमाण्ड घोषणा गर्नुभएको हो ।

May be an image of 1 person and standing

युथफोर्सको भ्याली कमाण्डमा पुष्पराज श्रेष्ठ कमाण्डर तोकिएका छन् । उनको नेतृत्वमा १ हजार १ सदस्यीय भ्याली कमाण्ड पनि घोषणा गरिएको छ जसमा शिव थापालगायत रहने गरी १५ जनाको स्टेरिङ कमिटी र नवराज खड्कालगायत रहेको ९० सदस्यीय कोअर्डिनेसन कमिटी सार्वजनिक गरिएको छ । कार्यक्रममा बताइएअनुसार प्रत्येकले १०/१० जनाको कमाण्ड गर्नेछन् ।

उनीहरुलाई युवासंघका अध्यक्ष किरण पौडेलले शपथ खुवाएका थिए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि महासचिव पोखरेलले सम्बोधन गर्नुभएको थियो । ओली प्रमुख अतिथि हुने भनिएको कार्यक्रममा आयोजकले ओलीको ठुल्ठुला फोटा राखेर तामझामका साथ प्रचार गरेको थियो ।

May be an image of one or more people, people standing and outdoors

युथफोर्स ब्युँताउने महेश बस्नेत लगायतका युवाको निर्णयले ओली समूहभित्रै केही नेता असन्तुष्ट बनेको चर्चा चलिरहेका बेला कार्यक्रममा ओलीको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ ।


ताजा खबर