थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण

कोरोना भाइरसबाट आज थप ३ हजार १ सय १४ जना संक्रमित भएका छन् । 


शनिवार १० हजार ६ सय २५ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ जना तथा ४ हजार २ सय ८५ नमूनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यसैगरी २ हजार १ सय ९७ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 


यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ९ हजार ६ सय ९५ पुगेको छ ।


ताजा खबर