३२ औँ गृष्मकालीन ओलम्पिकको भब्य उद्घाटन

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटनमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका छन् । 

टोक्यो ओलम्पिक औपचारिक रुपमा सुरु(फोटोफिचर)

मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।

तस्बिरहरुः

Image
Image
Image

-रासस


ताजा खबर