प्रधानमन्त्री देउवासँग अष्ट्रेलियाका राजदूतको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अष्ट्रेलियाका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताउनुभयो । –रासस


ताजा खबर