नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ ।

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाउनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज शुक्रबार र भोली शनिबार प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो । कांग्रेसले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाउनुभएको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने बताउनुभएको छ । ‘विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने,’ बिहीबार दिउँसो ट्वीटरमा महामन्त्री खड्काले ‘सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै आज साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारिको बैठक बुढानिलकण्ठमा बस्दै छ ।’


ताजा खबर