जापानले १६ लाख कोभिड खोप उपलब्ध गराउने

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको एस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलब्ध गराउने भएको हो ।

नेपालका लागि जापानी राजदूत किकुटा याटकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्दै खोप सहायताबारे जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले जापान सरकारको घोषणाप्रति धन्यवाद दिनुभयो ।

जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले गत मङ्गलबार नै खोप सहायता घोषणा गर्नुभएको थियो । –रासस


ताजा खबर