खेल महाकुम्भ टोकियो ओलम्पिक आज शुरु हुँदै

जापानको राजधानी टोकियोमा हुन लागेको ३२ औं गृष्मकालिन ओलम्पिकको औपचारिक उद्घाटन आज हुँदैछ ।

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८ मा सकिने छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु टोकियो पुगिसकेका छन् ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ।

ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् ।

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो ।

नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली जापान पुगिसकेका छन् ।

नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिकमा महिलाको ४८ केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्ने छिन् ।

सोनियाले रुसी खेलाडीसँग जुलाई २४ मा खेल्ने छिन् ।

प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।-रोयटर्स


ताजा खबर