थप २ हजार ७ सय १४ जनामा कोरोना पुष्टि

देशभर २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

१२ हजार ८ सय २९ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षणबाट २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१ हजार २ सय ८८ जना कोरोना संक्रमित निको भएका छन् । संक्रमित मध्ये हालसम्म ६ लाख ३७ हजार ६ सय ९० संक्रमित निको भइसकेका छन् । 

कोरोना सङ्क्रमणका कारण थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ६ सय ६१ पुगेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमणका कारण सबैभन्दा बढी सङ्ख्यामा ६० बर्ष माथिका व्यक्ति ५ हजार १ सय ८३ जनाको मृत्यु भएको छ । 


ताजा खबर