बेलायतमा एकैदिन ४४ हजार कोरोना सङ्क्रमित थपिए

बेलायतमा एकैदिनमा ४४ हजार १०४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित ५५ लाख ६३ हजार छ पुगेको छ ।

गएको चौबीस घण्टामा बेलायतमा ७३ जना कोभिड १९ का सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या एक लाख २८ हजार ८९६ पुगेको छ । बेलायतका मुख्य प्रतिपक्षी दल लेबर पार्टीका नेता कैर स्टार्मर समेत सेल्फ आइसोलेशनमा बस्नुपरेको छ । उहाँको एक जना सन्तानमा सङ्क्रमणको पुष्टि भएपछि आइसोलेशनमा बस्नुपरेको एएनआईले उल्लेख गरेको छ ।

बेलायतको तल्लो सदन ‘कमन्स’मा सहभागी भएको दुई घण्टा नबित्दै उहाँको सन्तान सङ्क्रमित भएको खबर सार्वजनिक भएपछि कैर आइसोलेशनमा जानुभएको हो ।-रोयटर्स


ताजा खबर