नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

चीनको हेनानमा भीषण बाढी : १२ जनाको मृत्यु

मध्य चीनमा भारी वर्षापछि आएको भीषण बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।

अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडकहरु र हवाई सेवा समेत बन्द भएको छ । हेनान प्रान्त ९ करोड ४० लाख चीनियाको बसोबास भएको क्षेत्र हो ।-सिन्ह्वा


ताजा खबर