अञ्जु पन्तको हिन्दी गीत ‘युं ना हो जाता…’ सार्वजनिक

लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा एउटा हिन्दी गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत नेपालमै तयार पारिएको हो ।

डी आर अटुको संगीतमा तयार पारिएको यो पछिल्लो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।

पवित्रा राईले यो गीत रचना गरेकी हुन् ।

‘युं ना हो जाता…’ शीर्षकको उक्त गीतको भिडियो लिम्दुमी क्रिएसनमार्फत सार्वजनिक भएको हो ।

गायिका पन्तले यसअघि पनि हिन्दी गीत गाइसकेकी छिन् ।

प्रेमी–प्रेमिकाबीचको माया–प्रेमलाई गीतमा समेटिएको छ ।

यो रोमान्टिक गीतमा मायालु जोडिबीच प्रेमका भावनाहरुलाई समेटिएको छ ।

गीतको लिरिकल भिडियोलाई मनोज राईले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुस्:


ताजा खबर