विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् रहेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औँ स्थानमा यथावत् रहेको हो । गत महिना पनि नेपाल १ सय ७१ औँ स्थानमै रहेको थियो ।
नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।नेपालले बङ्गलादेशलाई हराएर उपाधि जितेको थियो । नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ५ औँ स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औँ स्थानमा रहेको छ ।नेपाल भन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।
बङ्गलादेश १८४ औँ, भुटान १८७ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २ सय ४ औँ स्थानमा रहेका छन् ।नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ ।
यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौँ, इटाली सातौँ, अर्जेन्टिना आठौँ, उरुग्वे नवौँ र डेनमार्क दशौं स्थानमा रहेका छन् ।





















