राजभण्डारी नेदरल्याण्ड्सका पनि गैरआवासीय राजदूत

गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमबार विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।


ताजा खबर