सहिद स्मारक लिगमा आरसिटीको जित

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले साँघुरो जित निकालेको छ ।

सोमबार भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

न्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन् ।

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ ।

टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।


ताजा खबर