‘नक्सा छापेर र सिमाना बाँधेर अनकम्फर्टेबल काम गरे’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि कम्फर्टेबल नभएर अरु कसैका लागि कम्फर्टेबल हुन्छु भन्ने बिषयमा आफुले प्रतिबाद नगर्ने बताउनुभएको छ ।

संसद पुर्नस्थापनापछि प्रचण्डले दिनुभएको भारतलाई कम्फर्टेबल हुने खालको सरकार बनाउँछु भन्ने अभिव्यक्तिप्रति लक्षित गदै प्रधानमन्त्रीले भन्नुभयो,–‘मैले उहाँहरुका लागि अनकम्फर्टेबल काम गरेको होला, अनकम्फर्टेबल भनेको नक्सा छापियो, सिमानामा बाँध बाँधियो, मैले त यस्ता धेरै अन्कम्फर्टेबल काम गरिरहेको छु । यदि त्यो अनकम्फर्टेबल हो भने म व्योहोर्न तयार छु ।’

आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘मैले अरु बाटा समाउनसक्छु । आवश्यक परे विश्वासको मत लि न सक्छु ।

विश्वासको मतमा मलाई हराउन पर्यो नि’ ओलीले भन्नुभयो ‘विश्वासको मत पनि लिइन भने अर्को पनि मेरो बाटो हुनसक्छ ।’ उहाँले अदालत, निर्वाचन आयोग अर्को कुनै पार्टीको बलबुतामा  आफुले राजनीति नगरेको बताउँदै ३ करोड जनताको भोटबाट निर्वाचित भएकाले जनताको मन्जुर मात्रै फैसला हुने बताउनुभयो । उहाँले भन्नुभयो, मैले प्रधानमन्त्री बन्न अदालतबाट मुद्धा जितेर आएको हैन । जनताको बलबाट आएको हो ।


ताजा खबर