नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आइतबार थप ७८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन । आज थपिएका संक्रमितसँगै नेपालमा संकृय संक्रमितको संख्या ९ सय ६२ जना पुगेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको तथ्याङ्क अनुसार नेपालमा संक्रमित हुनेको कूल संख्या २ लाख ७४ हजार १४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

नेपालमा २ लाख ७० हजार ४ सय ७ जना निको भइसकेका छन ।

नेपालमा आइतबार थप १ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

नेपालमा अब ९ सय ६२ जना आइसोलेशनमा छन भने ६८ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।


ताजा खबर