सहिद स्मारक लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


बाँसबारी र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।

श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।

कोरोना भाईरसको कारण गत वर्षबाट स्थगित लिग सोमबारबाट पुन: सुरु भएको हो ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुने छन् । –रासस


ताजा खबर