शेयर बजारमा मङ्गलवार तीव्र उतारचढाव

मङ्गलवार नेपाली शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ ।

नियमित कारोबार खुलेको सुरुवाती समयमा २५ अङ्कसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भयो ।तर एक समय ८८ अङ्क सम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखियो ।

यद्यपि सकारात्मक भने हुन सकेन । घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अङ्कले कारोबार घटेर बन्द भयो ।सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मङ्गलवार २५८६ विन्दुमा आइपुगेको छ ।


ताजा खबर