प्रतिनिधि सभा पुनःस्थापनाको खुसियालीमा दीप प्रज्ज्वलन

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको खुसियालीमा अनेरास्ववियुले दीप प्रज्ज्वलन गरी खुसियाली मनाएको छ।

नेकपाको दाहाल–नेपाल समूह समर्थित अनेरास्ववियुले काठमाडौँमा र्‍याली र दीप प्रज्ज्वलन गरेको हो। र्‍यालीपछि विद्यार्थीहरुले शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरेका हुन्। सर्वोच्च अदालतको फैसलाको स्वागतका लागि दीप प्रज्ज्वलन गरेको अनेरास्ववियुका नेताहरुले जनाएका छन्।

यसअघि सर्वोच्च अदालतले मंगलबार साँझ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको थियो। सर्वोच्च अदालतले प्रतिनिधि सभाको आगामी अधिवेशन १३ दिनभित्र बोलाउन पनि आदेश दिएको छ।


ताजा खबर