१२१ जना कोरोना मुक्त : ८० जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमणबाट १ सय २१ जना निको भएका छन् ।

यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ ।

यस्तै आइतबार देशभर ३ हजार ३ सय २५ वटा नमूनाको परिक्षण गर्दा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ ।

१ हजार ४ सय ९४ सक्रिय संक्रमित मध्ये ५२ जनाको आइसियु र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा ४ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन भएको खोप अभियानको पहिलो चरणा र दोस्रो प्राथमिकताको आजसम्म ४ लाख २ हजार २ सय ६४ व्यक्तिले खोप लगाइसकेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर