अष्ट्रेलियन ओपन नोभाक जोकोभिचले जिते

नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

उपाधिको लागि भएको होडमा डेनिल मेदभेदेभलाई हराएर उनले आफ्नो टेनिस जिवनको १८ औं ग्राण्ड स्लाम उपाधि हात पारेका हुन् ।

शीर्ष वरियताका जोकोभिचले मेदभेदेभलाई ७–५ ६–२ ६–२ ले पराजित गरेर अष्ट्रेलियन ओपनको पुरुष तर्फको उपाधि हात पारेका हुन् । उहाँले रोजर फेडेरर र राफल नाडलसँग ग्राण्ड स्लामको संख्या बराबरी गर्न अझै दुई उपाधि हात पार्न बाँकी छ ।

३३ वर्षीय सर्बियाली जोकोभिचले मेलबर्न पार्कमा हालसम्म एउटै फाइनल खेल हारेका छैनन् । आफ्नो उक्त कीर्तिमानलाई उनले निरन्तरता दिए । रुसी चौथो वरियताका २५ वर्षीय मेदभेदेभले भने मेलबर्न पार्कमा आफ्नो दुबै फाइनल खेलमा हार बेहोरेका हुन ।

मेदभेदेभले लगातार २० खेल जितेर फाइनलमा जोकोभिचसँग भेट्ने यात्रा तय गरेका थिए । –रोयटर्स


ताजा खबर