अष्ट्रेलियन ओपन जापानकी ओसाकाले जितिन

जापानकी नाओमी ओसाकाले अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकीछन् । पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी जेनिफर ब्राडीलाई सोझो सेटमा हराइन ।

मेलबर्न पार्कमा शनिबार सम्पन्न उपाधिको होडमा ओसाकाले ६–४ ६–३ को सोझो सेटमा जेनिफर ब्राडीलाई हराइन् । २३ वर्षीया नाओमी ओसाकाको यो चौथो ग्रान्ड स्लाम उपाधि हो । सेमीफाइनलमा उहाँले अमेरिकी सेरेना विलियम्सलाई पराजित गरिन् ।

अष्ट्रेलियन ओपनको उपाधि उहाँले दोस्रो पटक उचाल्न सफल भइन् । –रोयटर्स


ताजा खबर