‘फूलबुट्टे सारी सपक्क पारी’ लिजेन्ड्री भर्सनमा मदनकृष्ण र मिथिला

बजारमा आएको धेरै पनि भाइरल बनेको गीत ‘फूलबुट्टे सारी’ को लिजेन्ड्री भर्सन बजारमा आएको छ ।

सो गीत बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सार्वजनिक भएको हो । ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत राजन राज सिवाकोटीको शब्द र संगीतमा मेल भर्शन, फिमेल भर्शन र बेबी भर्शनमा गाइएको गीत लिजेन्ड्री भर्सनमा भने मदनकृष्ण श्रेष्ठले गाएका हुन् । जस गीतमा गायक मदनकृष्ण श्रेष्ठ र बरिष्ठ अभिनेत्री मिथिला शर्माले अभिनय गर्नुभएको छ ।

भिडियो यस्तो छः

यसअधि सो गीत मार्मिक लामा, मिलन नेवा र अरिश्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ । मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको यस गीतले युट्युवमा करोडौं भ्यूज नाघिसकेको छ ।


ताजा खबर