देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश अपरिहार्य

१०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक ७१ औँ प्रजातन्त्र दिवस मनाईंदै छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो ।

यसैबीच प्रजातन्त्र स्थापना भएको फागुन ७ गतेको सम्झनामा काठमान्डौँको सैनिकमन्च टुडिखेलमा विशेष समारोहको आयोजना गरियो । सो विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु,कुटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश अपरिहार्य भएको बताउनुभयो ।

शान्तिपुर्ण लोकतान्त्रिक प्रणालीभन्दा अर्को कुनै विकल्प नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतातर्फको यात्रामा देश अगाडि बढेको बताउनुभयो ।

शहिदहरुको वलिदान र जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई अलमलमा पार्ने कसैको प्रयास पनि सफल नहुने प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।

बैशाख १७ र २७ मा निर्धारण गरिएको मितिमा नै निर्वाचन हुने उल्लेख गर्नुहुंदै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न सबै निकायलाइ आह्वान गर्नुभयो ।

त्यसबखत नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए । –रासस


ताजा खबर