थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

यसै गरी, आज थप १ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ६ सय ३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ५८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


ताजा खबर