प्रधानमन्त्रीद्वारा सर्वोच्च पुगेरै लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा आफ्नो जवाफ प्रस्तुत गर्नुभएको छ ।

बिहीबार बिहान सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री लिखित जवाफ पेस गर्नुभएको हो । ‘प्रधानमन्त्रीले लिखित जवाफ पठाउनुभएको भए पनि हुन्थ्यो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, ‘अदालतको मान सम्मानका लागि स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत दिनुभएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले माघ १४ गते प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

कार्की व्याङ्केटमा भएको कार्यकर्ता भेलामा प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेकोमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

प्रधानमन्त्रीको लिखित जवाफ पढ्न यहाँ क्लिक गर्नुस् ।https://drive.google.com/file/d/1YME51YFPt4c_pSClk-dHHKjA70LNdqIE/view


ताजा खबर