डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई आपतकालिन प्रयोग स्वीकृति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।

कोभिड–१९ को महामारीसँग संघर्षरत् कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ।

अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ। डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ।

अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्युट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन्। –रोयटर्स


ताजा खबर