थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज काठमाडौँ उपत्यकामा ७३ सहित १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभर ३ हजार ३ सय ६० वटा नमूनाको परीक्षण गर्दा ६५ पुरुष र ४० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

आज कोरोना भाइरसको सङ्क्रमणबाट ९९ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।


ताजा खबर