कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच छुट सम्झौता

कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यका साथ उक्त कम्पनीसँग सम्झौता गरेको हो ।

सम्झौतामा कुमारी बैंकमा खाता रहेका सेवाग्राहीले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत, तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने उल्लेख छ ।

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यस सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको छ ।


ताजा खबर