१४४ जना कोरोना मुक्त : थप १२२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ४४ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।

हालसम्म कूल संक्रमित मध्ये ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ५ सय ४१ वटा नमुनाको परिक्षण गर्दा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ५५ पुगेको छ ।

देशभरका १ हजार ५ सय ८१ सक्रिय संक्रमित मध्ये ५९ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर