प्रतिनिधि सभा विघटन विरुद्ध जवाफी बहस शुरु

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस गरेका थिए ।

शुक्रवार सार्वजनिक विदा र हिजो शनिवार भएकोले आजबाट जवाफी बहसको क्रम शुरु भएको हो ।

आजको बहसमा सहभागी कानुनव्यवसायीले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्यूरीको राय लिनेछ ।


ताजा खबर