राष्ट्रिय महिला लिगमा आर्मी ६-१ गोलले विजयी

रश्मि घिसिङ्गले चार गोल गरेपछि त्रिभुवन आर्मी क्लबले चन्द्रपुरलाई फराकिलो अन्तरले हराएको छ।

महिला लिग अन्तगर्तको आफ्नो दशौं खेलमा आर्मीले चन्द्रपुरमाथि ६–१ को फराकिलो अन्तरको जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा आर्मीका लागि रश्मि घिसिङ्गले चार गोल गर्नुभयो । उहाँले खेल सुरु भएको दशौं मिनेटमा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाउनुभयो । २२ औं मिनेटमा घिसिङ्गले आफ्नो दोस्रो गोल पुरा गर्नुभयो । एक मिनेट नबित्दै बिमला चौधरीले आफ्नो पहिलो गोल थप्दै आर्मीलाई ३–० को अग्रतामा पुर्याउनुभयो । पहिलो हाफको थपिएको समयमा रजनी थोकरले गोल फर्काएर खेलमा रौतहटलाई बापसी गराउनुभयो ।

रोजिना श्रेष्ठले रश्मि घिसिङ्गलाई लडाउन पुग्दा ५० औं मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीको अबसर पायो । र उक्त अबसरलाई समेत घिसिङ्गले गोलमा परिणत गर्दै आफ्नो हयाट्रिक गोल पुरा गर्दै आर्मीको चन्द्रपुरमाथि ४–१ को अग्रता दिलाउनुभयो । ५६ औं मिनेटमा चौधरीले ब्यक्तिगत् दोस्रो र आर्मीका लागि पाँचौं गोल पुरा गर्दा घिसिङ्गले पाँच मिनेट नबित्दै ब्यक्तिगत् चौथो र आर्मीका लागि छैठौं गोल पुरा गर्दै चन्द्रपुरमाथि ६–१ जित सुनिश्चित गर्नुभयो ।

त्रिभुवन आर्मी लिगको तेस्रो स्थानमा रहेको स्याङ्गजाको वालिङ्गभन्दा ११ अङ्कको अग्रता लिएको छ । र चन्द्रपुरमाथि जितसँगै त्रिभुवन आर्मीले जारी लिगमा कम्तिमा दोस्रो स्थान पक्का गर्ने सुनिश्चित भएको छ ।

शीर्ष स्थानको एपीएफभन्दा ऊ दुई अङ्कले मात्रै पछाडि रहेको छ । यद्दपी उसले एपीएफभन्दा एक खेल बढी खेलेको छ ।


ताजा खबर