कोभिड १९ बिरुद्धको तेस्रो चरणको अभियान सुरु

कोभिड १९ को खोप अभियान अन्तरगत आजबाट तेस्रो चरणको अभियान सुरु भएको छ ।

सरकारले आजबाट एक सातासम्म सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप लगाउँदै छ । आजबाट फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप लगाउन सक्ने मन्त्रालयको भनाइ छ । सरकारले पहिलो चरणमा अग्रपंतीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।

यसैगरी दोस्रो चरणमा पत्रकार र कुटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाएको थियो । गत माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको हो । -रासस


ताजा खबर