उत्कृष्ट आधुनिक गीतकार अवार्ड रमेश दहाललाई

दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड हात पारेका छन् । माघ २५ गते आईतबार नुवाकोटको बिदुर नगरपालिका १ स्थित होटल यांग्राको शभाहलमा सम्पन्न उनलाई ‘पूर्वको बादल’ बोलको गीतका लागि यो अवार्ड प्रदान गरिएको हो l  

पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा उत्कृस्ट आधुनिक गीतकारको अवार्डको लागि गीतकार होमनाथ न्यौपाने, हिमाम्सु रायमाझी, प्रतिमा गुरुङ, बीबी थापा र रमेश दहालका गीतहरु नोमिनेसनमा परेका थिए l  

करिब २०० जना दर्शकको उपस्थितिमा सम्पन्न सो अवार्ड कार्यक्रममा नेपाली गीत-सङ्गीतका क्षेत्रमा लामो समयदेखि योगदान दिएका संगीतकार राजु सिंहलाई दिर्घ साधना सम्मान प्रदान गरिएको थियो

अवार्ड कर्यक्रममा भोला पौडेलले रमेशकै शब्दमा बनेको अर्को गीत ‘ए झन्डा’ पनि उत्कृस्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेको थियो l रमेशले अवार्ड प्राप्त गरेको ‘पूर्वको बादल’ बोलको गीतमा भानु थापाको सङ्गीत र दीप श्रेष्ठको स्वर सुन्न सकिन्छ भने सङ्गीत संयोजन अमुल कार्कीढलीले गरेका हुन् l

सुन्दरादेबी सन्देशद्वारा आयोजित अवार्डको दोस्रो श्रृङ्खलामा विगत लामो समयदेखि लगातार गीत लेखिरहेका गीतकार रमेशले उत्कृष्ट आधुनिक गीत लेखेर अवार्ड प्राप्त गरेका हुन् ।

यसै बर्ष रमेशले ‘ ए झन्डा’ बोलको राष्ट्रभावको गीतका लागि सातौ नेसनल क्यापिटल अवार्ड समेत चुमे l


ताजा खबर