प्रधानमन्त्रीद्वारा बुटवलमा केबलकार शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलदेखि पाल्पा जोड्ने केबलकारको शिलान्यास गर्नु भएको छ ।

उहाँले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको बसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको दिउसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुने बताइएको छ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।


ताजा खबर