जोकोभिचको खेल करियरकै यादगार जीत

विश्व नम्बर १ नोभाक जोकोभिचले आफ्ना खेल करियरकै एक यादगार जीत हासिल गरेता पनि उनी जारी अष्ट्रेलियन ओपनको चौथो चरणको खेल भने खेल्न सक्ने वा नसक्ने अझै निश्चित भएको छैन ।

उनले विश्व नम्बर ३१ का टेलर फ्रिजलाई कडा चोटका कारण पनि ७-६,६-४,३-६,४-६ र ६-२ ले सेटले हराउन सफल भएका थिए ।

मेलबर्नको रोड लेबर एरिनामा खेल सुरु भएको दोस्रो हाफमा जोकोभिचको एम्बोडिमनल इन्ज्युरी पुष्टि भएको थियो ।

चोटले ग्रस्त ३३ वर्षिय विश्व नम्बर १ सर्बियन २३ फ्रिजलाई हराउन सफल भएपनि जोकोभिचले अब मिलोस राओनिकसँग २ दिन पछि सामना गर्नुपर्नेछ जसका लागि आफु कोटभित्र उत्रन सक्ने वा नसक्ने आफैलाई थाहा नभएको जोकोभिचले पोष्टम्याच अन्तर्वातामा खुलासा गरेका छन् ।

यस घटनाका कारण ८ पटक अष्ट्रेलियन ओपन विजेता जोकभिचका सम्पूर्ण प्रशंसकहरु अन्यौल र दुखी भएका छन् । –रासस


ताजा खबर