नेकपाको जनसभा बुटवलमा : प्रधानमन्त्रीले संवोधन गर्ने

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज बुटवल पुग्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा गर्न लागेको वृहत जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल पुग्नु भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले जानकारी दिनुभयो ।

बिहान ११ बजे बुटवलस्थित सिद्देश्वरी मैदानमा हुने जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुटवल आइसक्नुभएको नेकपा लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीले बुटवलको जनसभामा अहिलेसम्मकै ऐतिहासिक जनसहभागिता हुने बताउनुभयो । –राससfacebook sharing button


ताजा खबर