‘तिम्रो दुध को भार तिर्न सकुँ’

~ शुशिला न्यौपाने

किन सिकायौ आमा तिम्ले

सपना देख्न्

तिमी सबै जानेर नि

अन्जान रहिछौ,

तिनै सपना का पछि लाग्दा

आफ्ना सन्तान टाढिन्छन् भन्ने पत्तै पाइनौ

किन सिकायौ आमा तिम्ले राम्रो बन्न

सारा सन्सार बुझेर नि अलमल मा परिछौ,

सबैका लागि राम्रो बन्न् खोज्दा

आफ्ना सन्तान लाई लागेको ठेस पत्तै पाइनौ

तिमिले देखाएका सपनाहरू त तिमी भन्दा कयौ गुना साना छन्

तिमीले लोभ्याएको रंगीन दुनिया त तिम्रो अगाडी फिका छन्

आमा किन बुझाइनउ तिम्ले, तिम्रा सन्तान तिम्रै काखमा रमाउछन भन्ने

किन दर्शाइनउ तिम्ले, तिम्रा सन्तान तिम्रै गासमा अघाउछन भन्ने

अब मलाई आशीर्वाद दिदा, धेरै सुख पाएस् है भनेर होइन आमा

मलाई धेरै सुख दिएस् भनेर दिनु ताकि म खुसि ले जिउन सकुँ

अब मलाई आशीर्वाद दिदा, ठुलो मान्छे भएस् भनेर होइन,

असल सन्तान भएस भनेर दिनु ताकि म तिम्रो दुध को भार तिर्न सकुँ ।


ताजा खबर