इङ्लिस प्रिमियर लिगमा लिभरपुल स्तब्ध

बन्न पुगेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत २३औं चरणको गएराती सम्पन्न खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान लज्जास्पद हार ब्यहोरेको हो ।

शीर्ष स्थानमा रहेको सिटीसँग पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोलको वर्षालाई रोक्न सकेन ।

सिटी लिभरपुललाई १ गोलका विरुद्ध चार गोलले पराजित गर्दै अंकतालिकामा ५० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

गएराती सम्पन्न अर्को खेलमा १४औं स्थानमा रहेको उल्भ्सले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा चेल्सीले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध दुई गोलको जीत निकालेको हो ।

चेल्सीले नयाँ मेनेजर पाएपछि आफ्नो बिजययात्रा कायम राख्दै ३९ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा आइपुगिसकेको छ । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः म्यानचेष्टर युनाइटेड र लेस्टरसिटी रहेका छन् ।-रोयटर्स


ताजा खबर