विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहनुभएका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ती दिने निर्णय गरेको हो ।

यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गर्नुभएको थियो । शाक्य प्रसारणलाइनका जानकार मानिनुहुन्छ ।

उहाँ २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिनुभएको थियो । –रासस


ताजा खबर