सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा

सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ ।

संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो ।

विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गर्नुभएको थियो ।

एसआइबिएम (SIBM COLLEGE) भारतकोे पुनेबाट एमबिए (MBA) गर्नुभएकीे राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो ।

एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गर्नुभएको उहाँंले १२ वर्ष उक्त बैंकमा काम गर्नु भएको थियो ।

राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।


ताजा खबर