एनसेलबाट भारत कल गर्न सुलभ भोइस प्याक

एनसेलले भारतमा कल गर्न सुलभ दरका भोइस प्याक ल्याएको छ।

एनसेलका प्रिपेड ग्राहकले साविकको भन्दा पनि सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने गरी प्याकका सुविधा ल्याएको हो।

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भोइस प्याक ल्याएको जानकारी दिएको छ।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। 

दैनिक भोइस प्याक अन्तर्गत ग्राहकले कर सहित रु.२५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन्। दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ। भोइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले १७११८७*१# डायल गर्न सक्छन् । 

विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भोइस प्याक पनि रहेको छ । तीन दिनको समयसीमा रहेको यो भोइस प्याक ग्राहकले कर सहित रु १४ मा खरिद गर्न सक्छन् भने रु १.९९ प्रतिमिनेट (कर सहित रु २.५४ प्रतिमिनेट) को दरमा भारत कल गर्न सक्छन्।

भोइस प्याकबिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रतिमिनेट) रहेको छ। प्रिपेड ग्राहकले १७११८ ७* २# डायल गरी यो भोइस प्याक सजिलै सुचारु गर्न सक्छन् । 


ताजा खबर