रोहित चन्द दक्षिण एशियाका सर्वाधिक महंगो खेलाडी

नेपाली फुटबल खेलाडी रोहित चन्द दक्षिण एशियाको सर्वाधिक महंगो खेलाडी बनेका छन ।

पछिल्लो पटक खेलाडी ट्रान्सफर सम्बन्धि वेबसाईट ट्रास्फर मार्केटले सार्वजनिक गरेको मुल्यवान खेलाडीको सूचीमा रोहित दक्षिण एशियामा सर्वाधिक बढि मुल्य भएका खेलाडीमा परेका छन । उनको बजार भाउ दुई लाख ७५ यूरो रहेको छ ।

इन्डाेनेसियन लिग खेल्ने राेहित पछिल्लाे पटक राष्ट्रिय फुटबल टिमकाे क्याम्पमा रहेका छन ।

यो सूचीमा भारतका गुरप्रित सिंहको मुल्यपनि रोहितका बराबर रहेको छ । पाकिस्तानका मोहम्मद अदनान तेस्रो स्थानमा छन । उनको मुल्य दुई लाख यूरो रहेको छ । त्यसपछि भुटानका चेन्चो ग्याल्टसनेछन । उनको मुल्य सो वेबसाईटले एक लाख ५० हजार यूरो तोकेको छ । महंगो खेलाडीको सूचीमा श्रीलंकाका अहमेद वासिमको एक लाख यूरो रहेको छ ।

नेपालबाट गाेलकिपर किरण चेम्जाेङकाे मुल्य भने केहि घटेकाे छ । –रासस


ताजा खबर