अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ ।

एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध न

हटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ ।  इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भन्नुभयो ।

अमेरिकाको सिबीएस न्युजलाई दिएको अन्तरवार्तामा उहाँले सो कुरामा जोड दिनुभएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउनुभएको थियो ।

त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धका कारण आफूहरुको धैर्य टुटिसकेको बताउनुभएको थियो । –रासस/रोयटर्स/नेशनल हेराल्ड


ताजा खबर