दक्षिण अफ्रिकामा कोभिड बिरुद्धको खोप स्थगित

अक्फोर्ड-अस्ट्राजिनिका खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकामा खोप कार्यक्रम तत्कालका लागि स्थगित ।

दक्षिण अफ्रिकामा गरिएको पछिल्लो अध्ययनले कोरोना भाइरसको नयाँ संस्करणका लागि हाल लगाइएको अक्फोर्ड-अस्ट्राजिनिका खोप खासै प्रभावकारी नभएको नतिजा देखाएपछि खोप कार्यक्रम स्थगित गरिएको छ ।

दक्षिण अफ्रिकामा नयाँ प्रकारको कोरोना भाइरसका संक्रमितहरु ९० प्रतिशत फेला परेका छन् । दुई हजार जनामा गरिएको अध्ययनले कोरोना खोपले सामान्य र मध्यम खालका संक्रमितलाई थोरै मात्रै सुरक्षा प्रदान गर्ने देखिएको छ ।

दक्षिण अफ्रिकाले अस्ट्राजिनिकाको १० लाख डोज खोप लगाइसकेको छ । अर्को सातादेखि पुन खोप कार्यक्रम संचालन गर्ने कार्य तालिका थियो ।

अध्ययनको नतिजाकै कारण दक्षिण अफ्रिकामा खोप कार्यक्रम तत्काललाई स्थगित गरिएको छ र थप अध्ययनको नतिजा हेरेर अघि बढ्ने बताइएको छ ।- रोयटर्स


ताजा खबर