नेप्से सूचक र कारोबार रकममा नयाँ रेकर्ड

नेपाली शेयर बजारमा आइतबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् ।

बजारमा आइतबार १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको शेयरको कारोबार भएको छ । कारोबारको आधारमा यो कारोबार रकम पनि अहिले सम्मको सबै भन्दा उच्च रकम हो ।

आइतबार नेप्से सूचक ४८ अङ्कले बढेर २५२४ विन्दुमा पुगेको छ । यो अहिले सम्मकै सबैभन्दा उच्च कारोबार विन्दु हो । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पुँजीकरण  ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।

आइतबारको कारोबारमा ५० हजार ९२३ जना लगानीकर्ता सहभागी रहेको र ८०.०६ प्रतिशत लगानीकर्ताले कारोबार अनलाइन मार्फत नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अनलाइन कारोबार गर्नका लागि हालसम्म ३ लाख २७ हजार लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।

नेप्सेले कारोबार रकममा नयाँ कीर्तिमानी काम भएपछि लगानीकर्ताको हक हितको संरक्षणको लागि नेप्से तत्पर रहेको भन्दै प्राविधिक, नीतिगत र संस्थागत पूर्वाधारमा सुधार गरिएको जनाएको छ । नेपाल स्टक एक्सचेन्जले विज्ञप्ति जारी गर्दै आइतबार लगानीकर्तालाई शुभकामना पनि दिएको छ ।


ताजा खबर