नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु

आईसीसी विश्व कप क्रिकेट लिग डिभिजन २ अन्तगर्तको त्रिकोणात्मक श्रृखंलाको तयारी स्वरुप नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा शनिवारबाट बन्द प्रशिक्षण सुरु भएको हो ।

पहिलो चरणको बन्द प्रशिक्षणमा २१ जना खेलाडी सम्मिलित छन् । प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि डेभ व्हाटमोरको प्रशिक्षणमा पहिलो पटक नेपाली टोलि त्रिकोणात्मक श्रृखंला खेल्नेछ ।

प्रशिक्षणमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम सहभागी छन् ।

त्यसैगरी, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर साह र विवेक यादब बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।


ताजा खबर